|
आज दशौ दिनमा नेपाललाई दुर्इ स्वण सहित दुर्इ रजत र दुर्इ कास्य पदक प्राप्त
08 Feb 2010
मोहन घले : बंगलादेशको ढाकामा जारी सागको दशौं दिन नेपालले उसु र करातेमा आज स्वर्ण पदक जितेको हो । ढाकाबाट ३ सय किलोमिटर टाढा रहेको सिलेटमा आज विहान भएको उसुको थाउलोतर्फताइची छ्वानमा ८ दशमलव ८५ अंक बटुल्दै बिनिता महर्जनले स्वर्ण पदक जितेकी हुन् । सो स्पर्धामा भारतले रजत र श्रीलंकाले कास्य जितेका छन् ।
थाउलोकै छानछ्वानको फाइनलमा पुगैका बिकास गुरुङ्ग भने भारतका खैलाडीसंग पराजित भएपछि रजत पदकमै चित्त बुझाउन बाध्य भएका हुन् । नेपाललाई आजै दोस्रो स्वर्ण पदक दिलाउने क्रममा सुनिल लामाले ५५ केजि मुनिको तौल समुहको फाइनलमा भारतका मनेलाई पराजित गरे । वाई पाएर सिधै सेमिफाइनल प्रवेश गरेका उनले आजै बंगलादेशका मोहम्मद समिमलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए । ५५ केजी मुनिकै अर्को बाउटमा स्वर्ण नजिक पुगैकी नैपालकी अनु अधिकारी फाइनलमा पाकिस्तानी खेलाडीसंग पराजित भएपछि रजत पदकमै चित्त बुझाउन बाध्य भएकी छन् । नेपालले करातेको पुरुष टिम इभेन्ट्स कातामा समेत एउटा कास्य पदक हात पार्यो ।
यसैबिच, करातेको महिला टिम इभेन्ट्सको कातामा पदक नजिक पुगेको नेपाल फितलो व्यवस्थापनका कारण कास्य जित्नबाट समेत चुकेको छ । टिम व्यवस्थापक र प्रशिक्षकको विवादका कारण कातामा काश्य जित्ने पक्का भएको नेपाली महिला टिमले वाकओभर दिएपछि आयौजकले अयोग्य ठहर गरेको हौ । व्यवस्थापक पूर्ण बहादुर रानाले अनु अधिकारीको स्थानमा गंगा अधिकारीलाई खेलाउने निर्णय गरेपछि राना र प्रशिक्षक हिराकाजी डङ्गोलबीच मतभेद् भएको थियो । रानाको निर्णय असन्तुष्टि जनाउँदै प्रशिक्षक डङ्गोलले प्रतिस्पर्धामा सहभागीता नजनाउने निर्णय गरेपछि श्रीलंकाली टोलीले वाकओभर पाएको थियो ।
यसैबीच क्रिकेटमा नेपाल पाकिस्तानसंग २ विकेटले पराजित भएको छ । मिरपरमा नेपालले प्रस्तुत गरेको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले ३ बल बाँकी छदा ८ विकेट गुमाएर भेट्टाएको थियो । यसअघि नेपालले निर्धारीत ओभरमा ६ विकेट गुमाउदै १ सय ४७ रन जोडेको थियो । नेपालका प्रदिप ऐरीले नटआउट रहँदै र्सवाधिक ५२ तथा ज्ञानेन्द्र मल्लले ३० रनको योगदान गरे । पराजय पछि नेपाल काश्य पदक जित्नबाट चुकेको छ ।
तेक्वान्दोतर्फपनि नैपालले आज एउटा कास्य जितेको छ । दान बहादुर ऐरी सेमिफाइनलमा पाकिस्तानी खेलाडिसँग पराजित भएपछि नेपालले कास्य पदकमै चित्त ब’झाएको हो । तेक्वान्दोकै ८० केजी मुनि तौल समूहमा नेपालका रमेश श्रेष्ठ भारतका आनन्द आनन्द राजनस“ग पराजित भए । महिला तर्फ४९ केजी मुनि तौल समूहमा सविना महर्जन पाकिस्तानकी सानिया इंग्दास“ग पराजित भइन् ।
आर्चरीतर्फभने नेपालले पुरुष टिम इभेन्ट्समा कास्य पदककालागि भुटानसंग प्रतिस्पर्धा गर्नै भएको छ । फाईनलमा राउण्डमा बंगालादेशसग पराजित भएपछि नेपालले कास्यकालागि प्रतिस्पर्धा गर्नै भएकौ हौ । टीम र्इर्भैभन्टमा अशिम शैरचन, प्रेम प्रसाद पुन तथा प्रेम मोक्तानको जोडिले २ सय २, २ सय १८, तथा २ सय २८ स्कोर गदै कास्य पदककलागि छनौट भएको छ ।
एथ्लेटिक्समा नेपालले पदक जित्न नसकेपनि हाइजम्पमा केशरी चौधरीले नया राष्टिय किर्तिमान बनाएकी छन् । उनलै १ दशमलव ६३ मिटर नाघ्दै यसअघि आप|mनै नाममा रहेको १ दशमलव ५६ मिटरको रेकर्ड भंग गरैकी हुन् । नेपाल कस्तीमा पनि पराजित भएको छ ।
नेपाली पौडीबाजको ११ औं दक्षिण एसियाली खेलकुदमा खराव प्रदर्शन आइतबार कायम रह्यो । पुरुषको १०० मिटर ब्याकस्टोकमा नेपालका शैलेश राणा सातौं स्थानमा रहे । उनले निर्धारित दूरी १ मिनेट १६.२४ सेकेन्डमा पूरा गरे ।
|