» News

 

 Â» News Headlines

+ काँग्रेस महाधिवेशन खर्च तीन करोड- आवास तथा भोजनमा डेढ करोड

+ काँग्रेस महाधिवेशन प्रचार भित्तेलेखन, पम्प्लेटिङदेखि रेडियो, टिभी र मोबाइल टोनसम्म

+ एबीसी बी, लेखनाथ क्लब, भ्याली स्पोर्टर्स र पोखरा गार्डेन क्लब क्वाटरफाईनलमा प्रबेस

+ Yellow metal tops list of imported items

+ Prime Minister seeks four-month extension for UN mission

+ House adjourned over audio tape scandal

+ Round VIII on September 26

+ एपिएफको अपराजीत यात्रा जारी

+ स्याङ्जा पिँडिखोलामा टाम्केकोट महोत्सव हूने

+ MJF-N may vote for Dahal

more news

तमु साँस्कृतिक प्रतिष्ठानले एसएलसीका सर्वोत्कृष्ठलाई पुरस्कृत, तीन श्रष्टालाई अभिनन्दन, वीस विद्यार्थीलाई छात्रवृत्ति घोषणा
08 Feb 2010

हुम तमु, पोखरा : तमु साँस्कृतिक प्रतिष्ठान नेपालले एसएलसीमा सर्वोत्कृष्ठ अंक प्राप्त गरेका ४ जना तमु विद्यार्थीलाई आज पुरस्कृत गरेको छ ।
प्रतिष्ठानले पोखरा सभागृहमा नवौँ विद्यार्थी सम्मान एवं पुरस्कार वितरण समारोहका आयोजनामा गरी नेपालभर सबैभन्दा धेरै अंक प्राप्त गरेका सामुदायिक विद्यालयतर्फमंगला माध्यमिक विद्यालय लमजुङका आकाश तमुले ६५६ अंक वा ८२ प्रतिशत र राष्ट्रिय उच्च मावि पुरानो टुडीखेल कास्की की विनिता तमुले ६५२ अंक वा ८१.५ प्रतिशत प्राप्त गर्दै सर्वोत्कृष्ठ बनेका छन। यसरी नै निजि विद्यालय तर्फदेवदह इंगलिस वोर्डिङ्ग स्कुल रुपन्देहीका जोसेफ तमुले ७१३ अंक वा ८९.१२ प्रतिशत र ग्राण्डी इंगलिस वोर्डिङ्ग स्कुल चितवनकी रेश्मा तमुले पनि समाज अंक ७१३ प्राप्त गरी तमु विद्यार्थी मध्ये नेपालकै सर्वोत्कृष्ठ अंक प्राप्त गर्ने विद्यार्थी घोषित भएका छन । सर्वोत्कृष्ठ चारै जना विद्यार्थीहरुलाई जनही दश हजार रुपैया, मेडल र सम्मानपत्रद्धारा प्रमुख अतिथि प्राध्यापक डाक्टर विरेन्द्र सिंह तमु, विशिष्ट अतिथिहरु प्राडा गणेशमान तमु र तमु धिं नेपालका अध्यक्ष कर्म तमुले सम्मान गर्नुभएको हो ।
कार्यक्रममा तमु भाषाको विकासमा योगदान पुर्žयाएको भन्दै रुपन्देहीका भिम तमुलाई पार्वती स्मृति सम्मान र चलचित्र एवं कला क्षेत्रका लोकबहादुर तमुलाई दशहजार रुपैया, सम्मानपत्र र दोसल्लाबाट स्वर्गीय घनबहादुर स्मृति पुरस्कृत गरीएको थियो । यसैगरी राष्ट्र एंव तमु एकताको लागि योगदान पुर्žयाएको भन्दै प्रतिष्ठानका प्रमुख सल्लाहकार प्राध्यापक डाक्टर गणेशमान तमुलाई अभिनन्दन गरिएको थियो ।
समारोहमा तमु धिं एशोसियसन युके र युकेवासी तमुहरुको विशेष सहयोगमा प्रदान गरिने छात्रवृत्ति छनौटमा परेका यसवर्षा ८ विद्यार्थी र गतवर्षो १२ विद्यार्थीलाई तमु धिं युकेले दुइदुइ हजार रुपैया प्रदान गरिएको थियो ।
नवौ विद्याथर्ीं पुरस्कार एवं सम्मान समारोहमा विविध सँास्कृति कार्यक्रमको सहारा एफसीले प्रायोजन गर्ने भएको छ । कार्यक्रममा कलाकारहरु मौसमी गुरुङ्ग, अन्जना गुरुङ्ग, कनैया सिंह, मिलन लामा, धन वहादुर गुरुङ्ग,,तारा गुरुङ्ग मनोज गुरुङ्ग, नरजंग गुरुङ्ग लगायत हिमाली साँस्कृतिक परिवार, अनुशिलन कला केन्द्र र गुरुङ्ग फिल्मस एशोसिएसनद्धारा साँस्कृतिक प्रस्तुति गरिएको थियो ।
प्रतिष्ठानको अध्यक्ष झम तमुको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि प्राध्यापक डाक्टर विरेन्द्र सिंह तमुले तमु संस्थाहरुले परिवर्तित समय अनुसार चल्न सक्नु पर्ने बताउनु भयो । उहाँले तमु विद्यार्थीहरु एसएलसी अध्ययनपछि पढाइ छाड्ने दर अरु जातिमा भन्दा तमु जातिमा वढी रहेको आफनो अध्ययनले देखाएको जानकारी दिनुभयो ।
अभिनन्दित हुनुभएका प्राध्यापक डाक्टर गणेशमान तमुले तमु प्रतिष्ठानले आगामी दिनमा लोकसेवा आयोगको परीक्षाका लागि तयारी कक्षा सञ्चालन गर्न आग्रह गर्नु भयो । उहाँले गतवर्षलोकसेवा आयोगमा एक जना तमुले पनि आवेदन नदिएको तितो यथार्थता व्यक्त गर्नुहुदै राज्य संचालनमा सहभागी हुन तमु विद्यार्थीहरुलाई आग्रह गर्नुभयो ।
पुरस्कृत विद्यार्थीको तर्फाट वोल्दै जोसेफ तमुले तमु विद्यार्थीहरु नेपालमा मात्र होइन विश्व समुदायमा प्रतिस्पर््रर्धी बनेर सर्वोत्कृष्ठ हुनुपर्ने बताउनुभयो । उहाँले तमु साँस्कृतिक प्रतिष्ठानले शिक्षाका लागि प्रदान गर्दै आएको छात्रवृत्तिको निरन्तरता र उत्कृष्ठहरुलाई सम्मान गर्ने कार्यक्रमले निरन्तरता पाउनुपर्ने बताउनु भयो ।
कार्यक्रममा प्रमुख अतिथी पाध्यापक डाक्टर विरेन्द्रसिंह तमुले तमु साँस्कृतिक प्रतिष्ठानको वेवसाइड धधध।तamगअबल।अom।लउ -जततउस्ररधधध।तamगअबल।अom।लउश्र को शुभारभ्म गर्नुभएको थियो ।
कार्यक्रममा तमु धिं एशोसियसन युकेको संस्थापक अध्यक्ष मिनप्रसाद तमु, सचिव ज्ञामबहादुर तमु, छात्रवृत्ति प्रदान गर्नेहरु मध्ये हिमाल तमु, तमु साँस्कृतिक प्रतिष्ठानका हेमचन्द्र तमु, हेलोन तमु, श्रीजंग तमु, चिजकाजी तमु लगायतले वोल्नुभएको थियो ।
प्रतिष्ठानले तमु धिं युकेका संस्थापक अध्यक्ष मीनप्रसाद तमुको संयोजनमा तमु धिं एशोसियसन युकेको विशेष सहयोगमा बेलायतमा वसोवास गर्नु हुने महानुभावहरुबाट कक्षा ८ र ९ मा अध्ययन गर्ने १२ जना तमु विद्यार्थीहरुलाई गतवर्षदेखि कास्की माछापुच्छे्रस्थित शारदा मावि कक्षा ८ असिम तमु मेनुका तमु कक्षा ८ शारदा मावि माछापुच्छ्रे कास्की, भर्ुर्जुङखोला माछापुच्छ्रे मावि कक्षा ८का कृष्ण तमु, घान्द्रुक मेश्रमबराह मावि कक्षा ९ का राजेज तमु, र भरतपोखरीको शान्तिउदय मावि कक्षा ९ मा अध्ययतरत विवेक तमुलाई तमु धीं एशोसियसन युके छात्रवृत्ति प्रदान गर्दै आएको छ ।
यसरीनै अर्मला शान्ती जुम्लेटीका अनिल तमु, गौरीशंकर मावि ल्वाङघलेलका प्रीया तमु र पृथ्वीनारायण मावि धम्पुसकी डीना तमुलाई स्वर्गीय हर्कमान स्मृति छात्रवृत्ति, शारदा मावि माछापुच्छ्रेका दिलीप तमु र कालिका मावि भरतपोखरी अनु तमुलाई खुशीमान तथा मीना तमु छात्रवृत्ति, शान्ता मावि सराङकोटका आरती तमुलाई स्वर्गीय लालकाजी स्मृती छात्रवृत्ति र महेन्द्रोदय निमावि घ्याम्राङ नामार्जुङकी मीना तमुलाई श्रीमकर छात्रवृत्ति गतवर्षदेखि प्रदान गर्दै आएको छ भने दश कक्षासम्म छात्रवृत्ति प्रदान गर्ने भएको छ ।
यसरी नै यसवर्षहाल कक्षा ७ मा अध्ययनरत बैशाख देखि कक्षा ८ मा प्रवेश गर्ने र शैक्षिक सत्र २०६७ को छात्रवृत्तिका लागि छनौट भएका विद्यार्थीहरुको आजकै कार्यक्रममा घोषणा गरिएको थियो । तमु साँस्कृतिक प्रतिष्ठानका युके संयोजक मिनप्रसाद तमुको विशेष पहलमा पसगाँउ मावि ठाँटी लमजुङका प्रविण तमु, स्याङजा चण्डिडाडा मावि मट्टखिानका बुद्ध तमु र सपना तमुलाइ तमु धीं एशोसियसन युके छात्रवृत्ति, कास्की घान्द्रुक मेश्रम बराह माविका करण तमुलाई गोरखा थालाजुङ खुशीमान/मीना तमु छात्रवृत्ति, कास्की पृथ्वीनारायण मावि धम्पुसकी बीना तमुलाई कास्की दमदमे भदौरेका कमल/पुनम छात्रवृत्ति, कास्की भर्ुर्जुङखोला माछापुच्छे्र माविकी कृष्ण कुमारी तमुलाई चितवन दिव्यनगर ७ का कृष्ण तमुले स्थापना गरेको मेनप्रसाद/बत्ती तमु छात्रवृत्ति, पर्वत आर्थर डाडाखर्क पञ्चकोशी उच्चमाविका प्रीतम तमुलाई हिमाल/हेमा तमु गरिब छात्रावृत्ति र तनहुँ थप्रेक सरस्वती माविका आकृति तमुलाई दिलिप/हेमा तमु गरिब छात्रवृत्ति प्रदान गर्ने घोषणा गरियो ।
छात्रवृत्तिका लागि छनौट भएका विद्याथीैहरुले वाषिर्क ६ हजार रुपैया प्राप्त गर्ने प्रष्तिष्ठानका अध्यक्ष झम तमुले जानकारी दिनु भयो । कार्यक्रममा गोरखा जिल्लाका एक जना कक्षा ८ मा अध्ययनरत तमु विद्यार्थीलाई छात्रवृत्तिका लागि तमु धिं नागोया जापानबाट प्राप्त एकलाख रुपैया ओम तमुले प्रतिष्ठानलाई हस्तान्तरण गर्नुभयो ।

top