|
नेपालले आज २ रजत र २ कास्य सहित ३ पदक
08 Feb 2010
मोहन घले-ढाका : बङ्गलादेशको ढाकामा जारी ११ औं दक्षिण एसियाली खेलकुद सागको नवौं दिन नेपालले आज २ रजत र २ कास्य सहित ३ पदक जितेको छ । त्यस्तै नेपालले एउटा कास्य पक्का गरेको छ । नेपालले आज उसुमा रजत र तेक्वान्दोमा रजत र कास्य तथा टेबल टेनिसमा कास्य पदक जितेको हो । उसुको सान्सौतर्फ७० केजी मुनि तौल समहुको फाईनलमा भारतीय खेलाडिसंग २/१ ले पराजित भएपछि पुरुषोत्तम रिजालले रजत पदकमा चित्त बुझाएका हुन् । ढाकाबाट ३ सय किलोमिटर टाढा रहेको सिलेटमा आज विहान भएको सेमिफाईनलमा अफगानि पादोगुरा लोदारीलार्इर्र्पराजित गर्दै रिजालले फाइनलमा स्थान बनाएका थिए । त्यस्तै तेक्वान्दोतर्फपुरुष ६३ केजी मुनी तौल समूहमा नेपालका कुमार मानन्धरले रजत पदक जितेका छन् । मानन्धर/ फाइनलमा अफगानिस्तानका मोहम्मद हंैदरीसंग पराजित भएका हुन् । सेमिफाइनलमा भुटानका सोनम दोर्जीलाई पराजित गर्दै उनी फाइनल प्रवेश गरेका थिए । त्यस्तै महिला ४६ केजी मुनी तौल समूहमा यानकुमारी चौलागाई बंगलादेशकी र्सर्लीम र्फजना रुमीसंग सेमिफाइनलमा पराजित भएपछि काश्यमा चित्त बुझाउन बाध्य भएकी छन् । भारतकी सविना सुन्दासलाई पराजित गर्दै उनी सेमिफाइनलमा पुगेकी थिईन् । पुरुष ६८ केजि मुनी तौल समूहमा भने आशिष महर्जन पाकिस्तानका मेहमत जानसंग पराजित भए । निर्धारित ३ राउण्ड ३/३ को बराबरीमा सकिएपछि खेलाइएको सडन राउण्डमा उनी पराजित भएकका थिए । तेक्वान्दोमा नेपालका भोली दानबहादुर एैरी, रमेशकुमार श्रेष्ठ र सविना महर्जनले प्रतिस्पर्धा गर्नेछ । नेपालले आज टेबलटेनिसमा समेत कास्य हात पारेको छ । पाकिस्तानलाई ३/० लै पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको नेपाली टोली भारतसंग सोही स्कोरले पराजित भएपछि कास्य पदकमा चित्त बुझाउन बाध्य भएको हो । महिलातर्फभने नेपाल भारत र बंगलादेशसंग पराजित भयो । यसैबिच नेपालले आज बक्सिङ्गमा पनि एउटा कास्य पदक पक्का गरेको छ । ६० केजी तौल समुहमा अजित गुरुङ्गले भुटानी खेलाडीलाई पराजित गर्दै सैमिफाइनलमा स्थान सुरक्षित गरेपछि पदक पक्का भएको हो । नेपालका दिनेश श्रेष्ठ, शुसिल घिमिरे र दीपेन्द्र ठकुरी भने आज पराजित भएका छन् । त्यस्तै क्रिकेटमा लगातारको हारपछि नेपालले आज पहिलो जित हात पारेको छ । नेपालले माल्दिभ्सलाई १० विकेटले पराजित गरेको हो । माल्दिभ्सले प्रस्तुत गरेको ५६ रनको लक्ष्य नेपालले ७ औभरमा बिना क्षति भेट्टाएको थियो । नैपालकौ जीतमा अनिल मण्डलले २९ र शुभाष खकुरेलले २७ रनका० यौगदान गरे । बलिङ्गतर्फमण्डलले ४ विकेट लिएका थिए । काश्य पदकको लागि नेपालले अब पाकिस्तानसंग खेल्नेछ । आजबाट शुरु भएको आर्चरीमा नेपाल पुरुष र महिला दुबैतर्फदोश्रो चरणका लागि छनोट भएको छ । नेपालका अशिम शेरचन नेपाली खेलाडीमध्ये अग्रस्थानमा रहे । उनले ७ सय २० पुर्णाङ्कमा ६ सय २४ स्कोर बनाउन सफल भए । अर्का नेपाली खेलाडी प्रेमप्रसाद पुनले ६ सय १२ स्कोर गरे । आजै सम्पन्न महिलातर्फो च्बलपष्लन मा पनि नेपालका शान्ति शेरचन र राधिका ब्लुन छनौट हुन सफल भएका छन । शान्तिले ४ सय ५९ तथा राधिकाले ४ सय ५२ स्कोर गरेका हुन् । नेपालले फाईनल प्रतिष्प्रधामा पुरुषतर्फआयोजक बंगलादेशसग र महिलातर्फभुटानसग प्रतिष्पर््रधा भोलि खेल्ने छ । आर्चरीमा नेपाल सहित भारत, श्रीलंक, भुटान र बंगालदैशले सहभागिता जनाएका छन् । नेपालले स्क्वासमा भनै कास्य पदक जित्नै अवसर समेत गुमाएको छ । नेपाल आज बंगलादेशसंग पराजित भएको हो । नेपालले आज एथ्लेटिक्समा समेत पदक जित्न सकैको छैन । आज भएका लङ्गजम्प, ४ सय मिटर हर्डल्स, २ सय मिटर पुरुष र महिला दौड, १५ सय मिटर दौड र डिस्कस थ्रोमा आज कुनै पदक जित्न सकेन । पौडीतर्फ१० वटा स्वर्णपदकको छिनोफानो भइसक्दा समेत नेपालले अहिलेसम्म एउटा कास्य समैत जित्न सकेको छैन । आज भएको १ सय मिटर ब्याकस्ट्रक पुरुषमा पुष्पराज शाही पाचौं, एक सय मिटर बटरप्ाmलाई महिलामा करिस्मा कार्की सातौं र ५० मिटर प्रिmस्टाइल पुरुषमा प्रसिद्धजग शाह आठौं भए । नेपालले अहिले पदकको आशा गरिएको महिला फुटबलमा अहिले पाकिस्तानको सामना गरिरहेको छ । नेपालले अहिलेसम्म २ रजत र १२ कास्य पदक जितेको छ ।
|