» News

 

 Â» News Headlines

+ काँग्रेस महाधिवेशन खर्च तीन करोड- आवास तथा भोजनमा डेढ करोड

+ काँग्रेस महाधिवेशन प्रचार भित्तेलेखन, पम्प्लेटिङदेखि रेडियो, टिभी र मोबाइल टोनसम्म

+ एबीसी बी, लेखनाथ क्लब, भ्याली स्पोर्टर्स र पोखरा गार्डेन क्लब क्वाटरफाईनलमा प्रबेस

+ Yellow metal tops list of imported items

+ Prime Minister seeks four-month extension for UN mission

+ House adjourned over audio tape scandal

+ Round VIII on September 26

+ एपिएफको अपराजीत यात्रा जारी

+ स्याङ्जा पिँडिखोलामा टाम्केकोट महोत्सव हूने

+ MJF-N may vote for Dahal

more news

पुलिसद्वारा आहा गोल्डकपमा हृयाटि्रक, आर्मी उपविजेतामै सीमित
06 Feb 2010

धन बस्नेत, पोखरा : पुलिसको भाग्यमा फेरी एकपटक आहा गोल्डकपको उपाधि लेखिदाँ नेपाल सेनाको आर्मी क्लब दोस्रो पटक उपविजेतामा चिक्त बुझाएको छ । 

भर्खरै सागबाट फर्किएका पुलिसका मिडफिल्डर योगेश श्रेष्ठले आर्मीको कडा चुनौतीलाई १ सय १८ मिनेट समाप्त पार्दै गरेको निर्णायक गोलमा  पुलिसले आहा गोल्डकप लगातार तेस्रो पटक उचाल्दै हृयाटि्रक गरेको छ । 

सातौं सस्करणमा भन्दा जुझारु प्रदर्शन गरेको आर्मीले पुलिससितको यस अगाडिको भिडन्तमा पनि उपविजेतामा सीमित हुदैं आएको थियो । पौने दुर्इघण्टा भन्दा बढी समय गोल रहित बराबरी खेलेको पुलिसले पाएको दोस्रो अवसर गोलमा परिणत हुदाँ १ लाख ५० हजार रुपियाँसहितको उपाधि आफनो नाममा लेखाउन सफल भएको हो । रमेश खतिवडाको पासमा योगेशले 'जिरो एंगल'बाट प्रहार गरेको ग्रासबल सिधै पोष्टभित्र छिर्दा अधिकांश समय दवावमा रहेको पुलिसले एकाएक उपाधि चुम्यो । 
'गेम उनीहरु-आर्मीले खेले । तर स्कोरिङ हामीले गर्žयौं ।' नेपाल पुलिस क्लबका प्रशिक्षक विराटकृष्ण श्रेष्ठले भने-'जितको लागि स्कोरिङ चाहिन्छ जुन हामीले फाइनलमा निकाल्यौ ।' खेलमा आर्मीले पाएको अधिकांश अवसर र्व्यर्थमा जादाँ उपविजेता सीमित बन्न पुगेको थियो । 

खेलको २६ औं मिनेटमा हरि महतोले र्टन गर्न ढिलाईसँगै गरेको प्रहार १० यार्डबाट आकासिएको थियो । त्यस्तै महतोले नै दोस्रो अवसर त्यसरी नै बाहिर फालेका थिए । ३४ औं मिनेटमा पुलिसका डिफेन्स सुमन सुवेदीले रोक्न नसकेको बल उनको खुट्टामा आएपनि गोलपोष्टका दिशा दिन नसक्दा १५ हजार भन्दा बढी पोखरेली दर्शकको र्समर्थन अर्थहीन बन्न पुगेको थियो । 

सहारा क्लबको आयोजनामा सञ्चालन हुदैं आएको आहाको हरेक संस्करणमा पोखरेली दर्शकले र्समर्थन गरेको टोलीको पोल्टामा उपाधि पर्न सकेको छैन् । शनिबारको फाइनलमा पनि उस्तै नतिजा निस्कियो । दर्शकले र्समर्थन गरेको आर्मीले पाएका हरेक अवसरलाई सदुपयोग गर्न नसक्दा दर्शक पनि निराश बनेका थिए । उता पुलिसले भने खेलको ५ औं मिनेटमा जुमानु र्राईको 'वान भर्सेस वान'को अवस्थामा विकास मल्लले उत्कृष्ट बचाउ गर्दै आर्मीको भाग्यमा उपाधि लेखाउन सम्भावना देखाएका थिए । राजु तामाङले दिएको व्याकपासलाई चुनबहादुर थापाले रोक्न नसक्दा जुमानुले गोल गर्ने महत्वपूर्ण अवसर पाएका थिए । 

अधिकांश समय बलमाथि आफनो पकड राखेको आर्मीले पुलिसको सामु हतारिएर खेलेको अनुभव दर्शकले गरेको थिए । डिबक्सभित्र पुर्žयाएको बललाई स्ट्राइकरले फिनिसिङ गर्न नसक्दा उपविजेतामा सीमित हुदैं आर्मीको नाममा ७५ हजार रुपियाँ पर्žयो । आर्मीका सन्तोष नेपाली फाइनलको म्यान अफ दि म्याच घोषित भए । 'स्ट्राइकरलाई गोलको अवसर पाएका थिए र स्कोरिङ गरेनन ।' आर्मीका प्रशिक्षक राजुकाजी शाक्यले भने-'फुटबलमा स्कोरिङ चाहिन्छ जुन हामीले सकेनौं, उनीहरुले गरे उपाधि उचाले ।'

हिमश्री फुड्सको मुख्यप्रायोजन रहेको आहा गोल्डकपको आठौं सस्करणमा उत्कृष्ठ खेलाडीबाट नेपाल पुलिस क्लबका रितेश थापाले यल्बा यमाहा मोटरसाइकलसँगै बेष्ट गोलकिपरको पुरस्कार थापे । त्यस्तै र्सवाधिक गोलकर्ता-४ गोल र बेष्ट स्ट्राइकार घोषित आर्मीको विकर्ण श्रेष्ठले नगद २५ हजार रुपियाँ पाए । मनाङ मर्स्याङदीका दिपक भुषाल-बेष्ट डिफेन्स, पुलिसका योगेश श्रेष्ठ-बेष्ट मिडफिल्डर आर्मीका राजुकाजी शाक्य -वेष्ट प्रशिक्षकबाट सम्मानित हुदै जनही १०/१० हजार रुपियाँ पाए भने मछिन्द्र फुटबल क्लबले अनुशासित टोलीको ट्रफी पाएको थियो । विजेता तथा उपविजेता टोलीलार्इं प्रमुख अतिथि एवं सभाषद सुर्यबहादुर केसी, पश्चिम क्षेत्रीय प्रहरी प्रमुख डिआइजी कुवेरंसिह राना, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी माकाजू, पत्रकार महासंघ कास्कीका अध्यक्ष नारायण कार्की लगायतले पुरस्कार प्रदान गर्नुभएको थियो । गत माघ १२ गतेदेखि आयोजित आठौं सस्करणमा १२ वटा टोलीको सहभागिता रहेको थियो । नेपाल पुलिस क्लबलाई उपाधि सुम्पिदैं यो वर्षो लागि आहा गोल्डकपले औपचारिक विदाई लियो । 
आठौं सस्करण झलक

उत्कृष्ट खेलाडी-रितेश थापा-पुलिस

रातो कार्ड-१-मानबहादुर तामाङ-आयोजक सहारा

पहेलो कार्ड-२४

गोल-३८

आत्मघाती गोल-१ जीवनसिन्केमान-एनआरटी

खेल-११

               

विजेता                                                            उपविजेता

२०५८ क्याराभान गोल्डकप-नेपाल पुलिस क्लब-                     मनाङ मर्स्याङदी

२०५९ प्रथम आहा गोल्डकप-नेपाल पुलिस क्लब-                   फ्रेण्स क्लब

२०६० दोस्रो आहा गोल्डकप-मनाङमर्स्याङदी क्लब                   नेपाल पुलिस क्लब

२०६१ तेस्रो आहा-मनाङ मर्स्याङदी क्लब                           नेपाल पुलिस क्लब

२०६२ चौथो आहा-अप्रिmकन युनाइटेड                             नेपाल पुलिस क्लब

२०६३-पाँचौ आहा-थ्रीस्टार                                       मनाङ मर्स्याङदी

२०६४-छैटौं-नेपाल पुलिस क्लब                                   शसस्त्र प्रहरी

२०६५-सातौं-नेपाल पुलिस क्लब                                    आर्मी

२०६६-आठौं-नेपाल पुलिस क्लब                                      आर्मी

top