» News

 

 Â» News Headlines

+ काँग्रेस महाधिवेशन खर्च तीन करोड- आवास तथा भोजनमा डेढ करोड

+ काँग्रेस महाधिवेशन प्रचार भित्तेलेखन, पम्प्लेटिङदेखि रेडियो, टिभी र मोबाइल टोनसम्म

+ एबीसी बी, लेखनाथ क्लब, भ्याली स्पोर्टर्स र पोखरा गार्डेन क्लब क्वाटरफाईनलमा प्रबेस

+ Yellow metal tops list of imported items

+ Prime Minister seeks four-month extension for UN mission

+ House adjourned over audio tape scandal

+ Round VIII on September 26

+ एपिएफको अपराजीत यात्रा जारी

+ स्याङ्जा पिँडिखोलामा टाम्केकोट महोत्सव हूने

+ MJF-N may vote for Dahal

more news

एनआरटी तेस्रो प्रयासमा आहाको र्क्वाटरफाइनलमा
29 Jan 2010

धन बस्नेत-पोखरा, १५ माघ/ दुर्इ पटक पहिलो खेलबाटै पराजित हुदैं प्रतियोगिताबाट निराश बनेको एनआरटी आहाको आठौं सस्करणको र्क्वाटर फाइनलमा प्रवेश गर्नेक्रममा नाइटचेस क्लब झापालाई ३-१ गोल अन्तरले पराजित गरेको छ ।

      छैटौं र सातौ सस्करणमा क्रमश शसस्त्र र आर्मीसितको पहिलो भेटमै पराजित हुदैं अभागीसिद्ध बनेको एनआरटीले पोखराको मैदानमा आफनो तिक्ततालाई दुर्इवर्षछि मेटायो । नाइटचेस पनि तेस्रो सस्करणमा सेमिफाइनलसम्म पुगेको थियो भने पाँचौमा सहार युकेलाई पराजित गर्दै र्क्वाटरफाइनलसम्म पुगेको झापाली टोली थ्रीस्टारसित सेमिफाइनलमा पराजित भएको थियो ।

      चार खेलाडी विनामै उपस्थित भएको एनआरटीले जीवन सिन्केमानले दुर्इ बरदानी गोल गरेका थिए । खेलको १० औं मिनेटमा निराजन रायमाझीको पासमा सिन्केमानले गोलको खाता खोल्दा नाइटचेसले दवाव सहनुपरेको थियो । अघिल्लो दिनको भन्दा कम संख्यामा उपस्थित दर्शकले नाइटचेसको र्समर्थन गरेपनि दर्शकको चाहना अनुरुप खेल प्रदर्शन नसक्दा खल्लो महशुस गरेका थिए ।

      खेलको तिसौं मिनेटमा सायन मुसाभीले एनआरटीलाई अर्को गोल थप्दै गोल अन्तर दोब्बर बनाउँदा पोखरेली दर्शक भने झापातर्फढल्किसकेका थिए । दुर्इ गोलले पछि परेको नाइटचेसले खेलको ३७ औं मिनेटमा आत्मघाती गोलको उपहार पाउँदा केही उर्जा थपिएपनि पाएका अवसरलाई सदुपयोग गर्न नसक्दा प्रतियोगिताबाट विदाई लियो । सुदीप लिम्बुको क्रस बललाई सिन्केमानले क्लियर गर्न खोजेको बल आफनै पोष्टभित्र छिरेको थियो । खेलको अन्तिम मिनेटमा म्यान अफ दि म्याच सिन्केमानले नै एनआरटीका लागि व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई र्क्वाटरफाइनलमा पुर्žयाए ।

      लामो बस यात्रासँगै मैदानमा उत्रिएको नाइटचेसले दोस्रो हाफमा बल अधिकांश समय आफनो नियन्त्रणमा राखेपनि स्कोरिङ गर्ने स्ट्राइकरको खाँचो दर्शकले औंल्याएका थिए । 'सेटिङ हुनै नपाउँदै गोल खाएपछि दवाव सृजना भयो ।' नाइटचेसका प्रशिक्षक बसन्त श्रेष्ठले भने-'खेलाडी बीचमा टाइमिङ समेत मिलेन् ।'

      दोस्रो हाफमा नाइटचेसले निरन्तर आक्रमणको रणनीति बुनेपनि प्रहार सबै र्व्यर्थै गएको थियो । बुद्ध चेम्जोङले खेलको ५३ औं मिनेटमा डिबक्स भित्र पाएको राम्रो अवसर उल्टो रोक्ने प्रयास गर्दा बराबरी गर्ने मौका गुमेेको थियो । ७१ औं मिनेटमा राजकुमार केसीको क्रसलाई लक्ष्मी श्रेष्ठको प्रहार बाहिरिनाले पनि नाइटचेस अभागी हुन पुग्यो । ७४ औं मिनेटमा राजकुमार घिसिङको पासलाई विशाल र्राईको खुल्ला प्रहार आकासिएको थियो । त्यस्तै ७७ औं मिनेटमा केसीको प्रहार पनि खेर गएको थियो ।

      'नयाँ खेलाडी भएपनि जित आत्मसात गर्न नपाउँदा सन्तुष्ट छु ।' एनआरटीका प्रशिक्षक दिकेन सुवालले भने । एनआरटीले र्क्वाटरफाइनलमा सहारा युकेसित भिड्ने छ । सहारा युकेको टोलीले शुक्रबार साँझ काठमाडौं आइपुगेको छ । शनिबारको खेल पहिलो र्क्वाटरफाइनल खेल आयोजक सहारा विरुद्ध नेपाल पुलिस क्लब भिड्ने छ । सहार र पुलिस छैटौं आहा गोल्डकपको सेमिफाइनलमा भिडेका थिए । पुलिसले सहारालाई टाइब्रेकरमा पराजित गर्दै फाइनलमा पुगेको थियो भने क्याराभान गोल्डकपमा पनि सेमिफाइनलमा टसमा पराजित गर्दै पुलिस फाइनलको यात्रा तय गरेको थियो । 

top