|
सिडिओका अल्पकालिन योजना घोषणा
11 Oct 2009
पोखरा : कास्कीका नव आगन्तुक प्रमुख जिल्ला अधिकारी शम्भू कोइरालाले कास्की र खासगरी पर्यटकीय पोखराका विकृति र विसंगति हटाउन आफू सक्रीय रुपमा अघि बढ्ने बताएका छन् । आइतवार जिल्ला प्रशाशन कार्यालय कास्कीमा सरकारी तथा गैरसरकारी क्षेत्रका प्रमुख तथा प्रतिनिधिसँग आयोजित अन्तरक्रिया कार्यक्रममा प्रजिअ कोइरालाले आफूले अल्पकालिन, मध्यकालिन र दीर्घकालिन गरी तीन चरणमा काम गर्ने बताए । अल्पकालिन अर्न्तर्गत पोखराको फोहोरमैला नियन्त्रण, सडक वत्तीको व्यवस्थापन, शान्तिसुरक्षाको व्यवस्था, पर्यटक वसपार्क र पोखरा प्रवेश क्षेत्रमा सरसफाई जस्ता विषयलाई एक महिना भित्रमा समाधान गर्ने वचन दिए । कास्कीका प्रहरी प्रमुख रमेश खरेलले क्याविन रेष्टुराँमार्फ हुने यौन धन्दा र विकृति विरुद्ध सक्रीयता अपनाइने बताए । सो अवसरमा नेपाल पर्यटन वोर्डका सदस्य गणेशवहादुर भट्टर्राई, पश्चिमाञ्चल होटेल संघका अध्यक्ष गोबिन्द राज पहारी,पर्यटन परिषदका वच्चुराम तिवारी र व्यवसायी वासुदेव त्रिपाठी लगायतले बोलेका थिए ।
|