| |
|
|
|
»
Kaski Sandesh News Headlines |
|
|
|
|
|
|
|
|
|
|
|
मुलुकलाई नया दिशादिने क्षमता एमालेसँग छ-अधिकारी
25 Mar 2008
एसएलसी पास गरेपछि दुइ पटकसम्म मेडिकल कलेजमा छात्रबृत्ति पाएका अधिकारी तत्कालिन मालेका नेता बामदेव गौतमको सर्म्पर्कमा आएपछि एकाएक राजनीति गर्न थाल्नु भएको हो । उहा“ छुटै दुनिया“मा प्रवेश गर्नु भयो । जसको बाटो पार गर्नु कठिन र यात्रा लामो थियो । त्यसोत उहा“को राजनैतिक यात्रा ११ बर्षो कलिलो उमेरदेखि नै शुरु भएको थियो । २०२९ सालमा आनन्द ज्योती माविमा विद्यार्थीको नेतृत्व गर्दै उहा“ अनेरास्ववियूको सभापति बन्नु भयो । सानो फुच्चे भएपनि बोल्नमा टाठा स्वभाव भएको उहा“ आफू भन्दा ठूलालाई वैचारिक नेतृन्व प्रदान गर्ने क्षमता भएको हुनुहुन्छ ।
नयाँ सोच र संस्कार बसालौं
25 Mar 2008
दलहरुले चैत २८ हुने संबिधानसभाकोे निर्वाचनको तयारीका लागी गाउँ-गाउँ जाने र जनतासँग भोट माग्ने क्रमलाई त्रि्र पारेका छन् । दलहरुले चुनावी घोषणपत्र र्सार्वजनिक गरी संसदीय निवार्चन जस्तै आश्वासन बाड्न समेत शुरु गरेका छन् । केही बर्षअगाडिसम्म सिमित मान्छेले मात्र बुझेको संबिधानसभा निर्वाचन अहिले दलहरुले गाउँगाउँ गएर बुझाउने प्रयत्न गरेका छन् । मौसमी गर्मी सँगै चुनावी सरगर्मी पनि बढेको छ । प्रचारका क्रममा गाउँमा पुगेका उम्मेदवार र र्समर्थकहरु माथी आक्रमण गरेका छन् । स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरणमा निर्वाचन हुने अवस्था नबनुन्जेलसम्म वास्तविक जनमत आउन सक्दैन । मतदाताहरुलाई दलको घोषणापत्र र उम्मेदवारको प्रतिवद्धता बुझन पाउनु पर्दछ ।
नया पिढिको उत्साहलाई रोक्ने शक्ति र सामर्थ्य कसैसँग छैन-रविन्द्र अधिकारी
25 Mar 2008
रविन्द्र अधिकारी , कास्कीको राजनैतिक वृत्तमा चिनाइरहनु पर्ने कुनै नौलो नाम होइन । कस्केली जनता माझ लोकप्रिय अधिकारी विद्यार्थी आन्दोलनको पर्यायवाचीको रुपमा चिनिनु हुन्छ । युवा जोस र जा“गर भएका अधिकारीले कम उमेर मै राजनीति गर्नु भयो । १० वर्षोको कलिलो उमेर देखिनैं आफ्नो स्कुले साथीहरुलाई नेतृत्व प्रदान गर्नु भएको थियो ।
जनताको संविधान बनाउन एमालेले जित्नु पर्छ -अधिकारी
25 Mar 2008
पोखरा: नेकपा एमाले गण्डकी अञ्चल समन्वय कमिटीका सचिव एवं कास्की क्षेत्र नं १ का उम्मेदवार खगराज अधिकारीले अवको संबिधान जनताले आफै बनाउन एमालेलाई जिताउनु पर्ने बताउनु भएको छ । पहिलाको संविधान ठालुले बनाए अबको संबिधान जनता आफैले बनाएमा खाना, नाना, र छानाको अनिवार्य ब्यवस्था हुनेमा जोड दिनु भयो ।
मुठभेड नगर्ने प्रतिवद्धता
25 Mar 2008
पोखरा : चुनावी प्रतिस्पर्धामा उत्रिएका दलहरु एकआपसमा कुटपिटका घटना र्सार्वजनिक भइरहेको बेला कास्कीमा भने मुठभेड नगर्ने प्रतिवद्धता जनाएका छन् ।
उम्मेदवार हत्याको योजना
25 Mar 2008
पोखरा : संविधानसभा निर्वाचन हुन नदिन दरवारिया शक्ति क्रमशः पाखालाग्दै जान थालेपछि उम्मेदवार हत्यामा गर्ने षड्यन्त्र हुन थालेको छ । माओवादी अध्यक्ष प्रचण्डले नेताहरुको हत्या हुन सक्ने अभिव्यक्तिले पनि दरवारियाहरु गम्भिर षड्यन्त्रमा लागेको आभास हुन्छ ।
|